Month: May 2021

देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।…

‘काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ’

काठमाडौं । कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ। अनुसन्धानकर्ताहरुले २०२० को अप्रिलमा नै ‘विश्वले यो चुनौती सामना गर्नुपर्ने’ चेतावनी…

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको…

फिलिपिन्सका राष्ट्रपतिले भने, ‘चीनले आफ्नो भ्याक्सिन फिर्ता लैजाओस्, लगाएर गल्ती गरियो’

काठमाडौं । प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण आलोचना खेपिरहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले सहयोग स्वरुप दिइएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई भनेका छन् । दुतेर्तेले चीनलाई भविष्यमा सिनोफार्म…

बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा सात सय जनामा कोरोना संक्रमण् पुष्टि भएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा…

एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

दार्चुला । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ। पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो। कोभिड-१९ को दोस्रो…

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

कास्की। पोखरा विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् । उनीहरुको बुधबार…

अक्सिजन र अक्सिजन सिलिन्डर लुकाउनेलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले कोरोनाभाइरस कोभिड—१९ संक्रमितको उपचारको लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर लुकाउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल सरकारको निर्णय विपरित…

डब्लूएचओले भन्यो – कोरोनाविरुद्धको चिनियाँ खोप सिनोफार्म विश्वासयोग्य छैन

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप विश्वासयाग्य नभएको टिप्पणी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त…

ताइवानबिरुद्ध चीनको दबाब प्रतिरोध गर्ने पलाउको घोषणा

एजेन्सी । प्रशान्त महाशागरस्थित पलाउका राष्ट्रपति सुरेङगल ह्विप्सले ताइवानबिरुद्ध चीनको दबाबको प्रतिरोध गर्ने बताएका छन् । ताइवानसँग कुटनीतिक निकटता नराख्न चीनको दबाबको पलाउ ले प्रतिरोध गर्ने राष्ट्रपति ह्विप्सले बताएका हुन्…