काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।
बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको छ ।
प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उनले बताए । प्रजिअ पराजुलीले ‘आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।’ भनेका छन् ।