एजेन्सी । रुसको पर्म शहरमा रहेको एक विश्वविद्यालयमा सोमवार गोलीकाण्ड भएपछि तीनजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् ।

आक्रमणकारीबाट बच्नका लागि मानिसहरू झ्यालबाट भागेको भिडियो पनि सार्वजनिक भएको छ ।

युराल्समा रहको पर्म स्टेट युनिभर्सिटीमा भएको घटनामा कम्तीमा चारजना घाइते भएका छन् ।

कालो लुगा लगाएको एक व्यक्ति भवनभित्र सुस्तरी हिँडेको र मानिसहरू आत्तिएको पनि देखिन्छ ।

गोली चलाउने व्यक्ति १८ वर्षीय किशोर भएको र उनले आफ्नो गतिविधि सामाजिक सञ्जालमा शेयर गरेको बताइएको छ । विश्वविद्यालयको एक कोठामा उनी बसिरहेको बताइएको छ ।

केही सञ्चारमाध्यमले ती बन्दूकधारीलाई प्रहरी अधिकृतहरूले जवाफी कारवाहीमा मारेको खबर पनि दिएका छन् ।

By