भारतमा कोरोना संक्रमणको उच्च जोखिम, एकैदिन दुई लाख ७३ हजार ८१० संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन दुई लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८१० नयाँ संक्रमित थपिएको भारतय स्वास्थ्य मन्त्रालयले जनाएको हो । कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या एक लाख ७८ हजार ७६९ जना पुगेको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १९ लाख २९ हजार नाघेको छ।

संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.