नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सरुवा

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सरुवा भएको छ।

कुटनितिक स्रोतका अनुसार राजदूत होउ चीनका दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि राजदूत बन्न लागेकी हुन।

उनको जिम्मेवारीमा चीनको इन्डोनेशियासङ्गको द्वीपक्षीय सम्बन्ध पनि छ।

उनी डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन्। नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया अब चाडैं अघि बढ्ने स्रोतले जानकारी दिएको छ।

होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन्।