देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

२० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो।

मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.