उपत्यकामा मात्रै एकैदिन ३ हजार ८३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा २ हजार ८५९ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ। यस्तै, मन्त्रालयका अनुसार एकैदिन ५८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.