जापान । चीनको धम्कीलाई पर्वाह नगर्दै जापान र अष्ट्रेलियाले नयाँ सुरक्षा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र उनका जापानी समकक्षी फुमियो किशिदाले शनिबार एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिको बीचमा नयाँ द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको हो ।
दुई देशले थप संवेदनशील खुफिया साझेदारी र संयुक्त युद्ध खेलहरू सञ्चालन गर्ने वाचा गरे । “यो ऐतिहासिक घोषणाले हाम्रो रणनीतिक प्रतिबद्धताको क्षेत्रमा बलियो संकेत पठाउँछ,” अल्बानीजले भने ।