डिशहोमले सिनेमाघर ५५५ सञ्‍चालनमा ल्याउने

काठमाडौं । डिशहोमले विश्वका विभिन्‍न देशमा सफल पाएको प्रविधि ‘पे-पर भ्यू’ सेवा नेपालमा नै पहिलो पटक सञ्‍चालन गरिरहेको छ ।

‘पे-पर’ भ्यू सेवामार्फत न्युनतम मुल्यमा घरमै बसेर नयाँ नेपाली सिनेमा परिवारसँग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ । डिशहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ संचालन गरिरहेको जनाएको छ । ग्राहकको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले सिनेमाघर ५५५ सञ्‍चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

यही भदौ १९ गते शुक्रबारदेखि सिनेमाघर च्यानल नम्बर ५५५ मा आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदी अभिनित तथा साम्तेन भुटिया निर्देशित हाँस्य प्रधान् रमाइलो चलचित्र “चचहुइ” प्रदर्शन हुँदैछन् ।

सिनेमा हलमा पहुँच नभएका दुर दराजका ग्राहकहरुले अब छानी छानी नयाँ-नयाँ नेपाली सिनेमा सपरिवार बसेर हेर्न पाउने कम्पनीले जनाएको छ । डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिने जनाइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.