कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरी फरार चार युवा पक्राउ

धनगढी । कैलालीमा युवतीलाई सामूहिक जवरजस्तीकरणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जानकी गाउँपालिका–९, खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक जवरजस्ती करणी गरेको आरोपमा चार युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युवतीलाई सामूहिक जवरजस्ती करणी गरेको आरोपमा जानकी गाउँपालिकाका–९, पूर्व खैरीफाँटा बस्ने वर्ष १८ का लोकेन्द्र रावत, कुमार कडारा, ंशंकर विश्वकर्मा, वर्ष २० का दिपक कडारा लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट बताएर ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । भाद्र ११ गते काकाको घरबाट आफ्नो घर फर्कने क्रममा राती १० बजे उनीहरुल्े युवतीलाई खेतवारीमा लगी डर त्रास देखाई करणी गरी फरार भएको बिष्टले बताए । उनीहरु बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता भई थप अनुसनधान भैरहेको उनले बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.