नेपालमा काेराेनाले मृतकको संख्या १८ पुग्यो

काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् ।

यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन ।

बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.