संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेको छ । शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.