संसद्काे राेष्टमबाटै भारतका नवनियुक्त प्रधानमन्त्री माेदीलाई बधाइ

काठमाडाैं । संसदकाे राेष्टमबाटै एक प्रतिनिधिसभा सांसदले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र माेदीलाई बधाइ दिएका छन् ।

बिहीबार बसेकाे प्रतिधिनिसभाकाे बैठकलाइ सम्बाेधन गर्दै नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सांसद अजय चाैरासियाले माेदीलाई सफल कार्यकालकाे लागि बधाइ दिएका हुन् ।

प्रधानमन्त्री माेदीलाई बधाइ दिँदै उनले भारतमा अत्यन्य लाेकप्रिय २ वटा याेजना रहेकाे बताए । उनले भने,  ‘उजाला याेजना र आयुषमा भारत गरी २ वटा याेजना छन्।’

उनले थप्दै भने, ‘भारतमा अाम निर्वाचनपछि याे २ वटा याेजना व्यापक रूपमा सुरू भएका छन्, जसले भारतीय नागरिकाकाे जीवन स्तरमा वृद्दि हुने लगभग पक्का छ, भारतीय प्रधानमन्त्री माेदीले सुरू गर्नु भएकाे याे २ वटा याेजना, नाम जे राखे पनि के हामीले याे एडाेप्ट गर्न सक्छाैँ की सक्दैनाैँ ?, आम जनताकाे सराेकारसँग सम्बन्धित कार्यक्रम अत्यन्त लाेकप्रिय आयुषमान भारत कार्यक्रम, हामीसँगै मनानीय स्वास्थ्य मन्त्री र म सँगै याे भन्दा पूर्व स्वास्थ्यमन्त्री ज्यूसँग विरगन्जमा विरगन्ज हस्पिटल, नारायणी उपक्षेत्रिय अस्पताललाई मेडिकल कलेज बनाउने कुरा, ट्रमा सेन्टर खाेल्ने तथा बनाउने विषय, र पूर्व स्वास्थ्य मन्त्री ज्यूले विरगन्जमा मृगाैला ट्रान्सपालान्ट सेन्टरकाे प्रक्रियालाई अगाडी बढाउनु भएकाे थियाे । याे बजेटमा ती कामहरू मैले देखिनँ, मेराे अपेक्षा छ, स्वास्थ्यमन्त्री जीहरूले याे काम सुरू गर्नु हुनेछ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.