चीनविरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं । चिनियाँ राजदूतलाई फिर्ता गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर लगायतकाे नारासहित कूटनीतिक मर्यादाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडाैंमा एक र्याली आयोजन गरी प्रदर्शन गरेको छ।

प्रदर्शनमा आन्तरिक हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डूबाउन पाइदैन, चिनियाँ विस्तारवाद मुर्दावाद जस्ता नारा लगाइएकाे थियाे । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा बबर महलदेखि निकालिएको र्याली नयाँ बानेश्वर पुगी कोण सभामा परिणत भएको थियो।

कोणसभालाई वरिष्ठ नेता वीपी यादवले सम्बोधित गर्दै चीनले नेपाललाई तिब्बत र ताइवान जस्तै ऋणजालमा फसाई आफ्नो उपनिवेश बनाउन खोजेको आरोप लगाउनु भयो।

उहाँले नेपालस्थित चिनियाँ राजदूतले नेपाल चीन सम्बन्धभन्दा पनि नेपाललाई ऋणजालमा कसरी फसाउने टिम तर्फ़ उनको बढ़ी सक्रिय रहेको र सोही अनुरूप कहिले पोखरा एयरपोर्ट बीआरआईको हिस्सा बताउने गरेका छन भने राष्ट्रिय महत्वको नेपाल भारत विद्युत व्यवसायलाई तल देखाउने कार्य गर्दै आएका छन्।

उहाँले भन्नुभयाे, ‘जून हिसाबले चिनियाँ राजदूतले हाम्रो आंतरिक मामिलामा हस्तक्षेप गरी रहेका छन्, त्याे हिसाबले देशको राष्ट्रिय स्वाधीनता खतरामा परि सकेको छ।’

प्रदर्शनमा अभियानका महासचिव डॉ प्रभात कुशवाहा, महिला संयोजक श्रीमती रीता साह, मधेश सम्पर्क समिति काठमांड़ौका संयोजक बिनोद सिंह, सलाहकार जय नारायण यादव, अभियानी सूजन यादव, अभियानका युवा नेता धीरज गिरी, अभियानी गणेश कुमार सिंह, चन्द्र मोहन सिंह विधार्थी परिषदका महासचिव पप्पू यादव लगायतको उपस्थित रहेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.