काठमाडौं । पाँच दलीय गठबन्धनले रूपन्देही क्षेत्रनम्बर–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन जनाउने निर्णय गरेको छ ।
गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले केशवबहादुरलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो ।