ओलीले टिकट नदिएका १४ निर्वतमान सांसद्ले के गर्लान् ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई निशाना बनाएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको टिकट नदिएका नेताहरु आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई हराउनका लागि भूमिका खेल्‍ने भन्दै पार्टीभित्र तनाव सिर्जना भएको छ।

नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये १४ जनाले टिकट पाएनन्। यसरी टिकट नपाउनेमा ६ जना सशक्त दाबेदार नै परेका छन्। बाँकी कोही प्रदेशतिर पनि जान इच्छुक थिए भने केहीले ओलीले टिकट नदिने छनक पाएपछि पहिले नै साइड लागेका देखिन्छन्।

ओलीले टिकट नदिएपछि पार्टीमै रहेर पार्टीका उम्मेदवारलाई भूमिका खेल्‍ने गरी भीम रावल, पार्वत गुरुङ, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल झापा र राजबहादुर बुढा दैलेख २ का रहेका छन् । उनीहरुले विगतमा संसद् विघटन हुँदा आफ्नो विरुद्ध उभिएको भन्दै उनीहरुलाई टिकट नदिएका हुन्।

पाल्पाका दलबहादुर राना, म्याग्दीका भूपेन्द्र थापा सिन्धुलीका गणेश पहाडी लगायतले भने स्वैच्छिक रूपमा टिकट नपाए पनि अरूलाई नै सघाउने बताएका थिए । निवर्तमान सांसद रहेका गणेश पहाडीले आफूलाई टिकट नदिने थाहा पाएपछि पछि हटेको बताए। पहाडी निर्वाचित सिन्धुली १ बाट यस पटक प्रदीप कटुवालले टिकट पाएका छन्।

यसरी ओलीले आफ्ना विरोधीलाई पाखा लगाउन छानीछानी टिकट नदिएपछि उनीहरुले पनि ओलीका उम्मेदवारहरुलाई हराउन भूमिका खेल्‍ने भएका छन्। जसका कारण ओली र उनको टोलीले आन्तरिक रणनीति बनाउन जुटिरहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.