सप्तरीमा विकासको नाममा उपेन्द्रकाे उपद्रो !

सप्तरी । लामो समयदेखि मधेसी जनताको अधिकारका लागि राजनीति गरिरहेको भन्दै आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेका उपेन्द्र यादबले विकासको नाममा उपद्रो गरेको भन्दै मतदाता रुष्ट भएका छन् ।

मधेसका जनताको जीवनस्तर सुधार गर्न र जिल्लाको समग्र विकासमा भने कुनै ध्यान दिन नसकेको भन्दै मतदाता रुष्ट बनेका हुन् ।

उनले विकासका नाममा हुने बजेट छुट्याउने र उक्त काम आफू निकटका ठेकेदारलाई दिएर जनतालाई धोका दिने काम गरिरहेको स्थानीय नेताहरूको भनाई छ । उनले विकासका नाममा उपद्रव मात्रै गरेको भन्दै उनको चर्को आलोचनासमेत हुन थालेको छ ।

तिलाठी कोईलाडी वार्ड नम्बर ५ स्थित बरसाइनदेखि बनरझुला कोशी बाँधसम्म जाने सडकमा बनेको पुलको उपेन्द्रले गरेको उपद्रोको नमुना हो भन्दै स्थानीय नेताहरूले आक्रोश पोखेका छन् । उक्त पुल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको भए पनि उपेन्द्रले आफ्नो मान्छेलाई ठेक्का दिएपछि पुलको हरिबजोग भएको बताइएको छ ।

विकासका नाममा उपेन्द्रले उपद्रव गरेको, राजनीतिका नाममा हिंसा मच्चाएको, व्यक्ति केन्द्रित भएको, कुनै नयाँ सोंच नभएको व्यक्तिलाई यसपटकको चुनावदेखि नै राजनीतिबाट बिदा गर्ने भन्दै स्थानीहरुले स्वत: अभियानहरु सञ्चालन गरिरहेका छन्।

अहिलेको पुस्ताले भिजन नभएको उपेन्द्रलाई भन्दा पनि नयाँ सोंच र विचार भएको नेतालाई चाहेको भन्दै अभियानहरु सञ्‍चालन भइरहेका छन्। यसपटक एमालेसँग तालमेल गरेका कारण पनि उनको पराजय हुने देखिन्छ।

‘बी द चेन्ज, ब्रिङ द चेन्ज’ भन्‍ने नारासहित मधेसका युवाहरु परिवर्तनको पक्षमा रहेको भन्दै उपेन्द्रलाई पराजित गर्न स्थानीहरु आफैं सक्रिय भएका छन्। यसपटक सप्तरी-२ मा सिके राउतको पक्षमा माहोल बनिरहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.