श्रम तथा रोजगार कार्यालयमा रोमानियन मिसन स्थापना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिसन’ स्थापना गरेको छ ।

काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिसन स्थापना गरिएको हो ।

रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदराको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ ।

Facebook Comments