टिचिङ अस्पतालबाट हत्कडीसहित फरार कैदी पुनः पक्राउ

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएको कैदी पक्राउ परेका छन् । ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए ।

कर्तव्य ज्यानको कसुरमा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई आज बिहान ललितपुरको लुभबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएकोमा उनी अस्पतालबाटै फरार भएका थिए। उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ।

कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.