स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आईसीसीआर स्थापना दिवस

काठमाडौं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) स्थापना दिवस मनाएको छ।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा कांग्रेस नेता डा‍‍क्टर शशांक कोइराला, अभिनेत्री मनिषा कोइराला र नेपालका आइसीसीआरका विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन्।

सो अवसरमा नेपालबाट आईसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश प्रधानले भारतमा अध्ययन गर्दाकाका अनुभव सुनाएका थिए। अभिनेत्री कोइरालाले पनि कार्यक्रममा आफ्नो बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदाँ बटुलेका अनुभवहरु सुनाएका थिइन्

कार्यक्रममा विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको दूतावासले जनाएकाे छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.