कांग्रेस महाधिवेशन : देउवा ३ सयभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाके मतगणना जारी छ।

अहिलेसम्म ३१७७ मत गनिसक्दा देउवाले १५०७ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १६ मत मात्र प्राप्त भएको छ ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.