भारतको सहयोगमा जलविद्युत प्लान्ट पुनःस्थापना

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनःस्थापना भएको छ ।

सो प्लान्टको आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति,जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारले दुई करोड ६३ लाखका आर्थिक सहयोगमा सो प्लान्ट पुनस्र्थापना गरेको हो । २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो । प्राकृतिक विपदका कारण सो प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा सो प्लान्ट पुनस्र्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो । भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये जुम्ला जिल्लामा मात्र ६ वटा परियोजना रहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.