होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

शम्भु गोरखाको एक स्कुलका शिक्षक हुन् । त्यसै स्कुलमा पढ्ने १४ वर्षीय किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।

मंगलबार बिहान पक्राउ परेका शम्भुमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.