दाङमा जिप दुर्घटना,चालकको मृत्यु, २ जना घाइते

दाङ । दाङ घोराही-मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, २ जना घाइते भएका छन् ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै २ जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाए अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय विष्णु गिरी रहेको छ भने, घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा रहेका छन् ।

राति दुर्घटना भएकाले कसैले थाहा नपाएको र बुधबार बिहान देखेपछि मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.