वीरगन्ज । वीरगन्जमा थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासलका अनुसार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति १ सय ९२ वटा स्वाब नमूनाको परीक्षण गर्दा १०४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।
डाक्टर दासले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका १०४ मध्ये पर्सा जिल्लाका ८८ जना र वीरगन्ज महानगरपालिकाका मात्रै ७९ जना रहेका छन् । यस्तै बारा जिल्लाका ११, रौतहटका ४ र सर्लाहीका १ जनामा पनि आइतवार राति संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए ।
नारायणी अस्पतालको प्रयोगशालामा वैशाख १ देखि १९ गतेसम्म २ हजार ९ सय ७५ जनाको कोरोना जाँच गर्दा १ हजार ७ सय ९७ जनामा संक्रमण भेटिएको डाक्टर सरोज रोशन दासले जानकारी दिए ।




Facebook Comments