अनिश्चितकालका लागि राष्ट्रिय जनगणना २०७८ स्थगित

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८अनिश्चितकालका लागि स्थगित भएको छ।

    कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना २०७८ अनिश्चितकालका लागि स्थगित भएको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो । नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ।

    Facebook Comments