काठमाडौं । जनता समाजवादी पार्टीले सरकारसमक्ष राखेको मागहरु पुरा हुने भएको छ ।
सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको हो । यसअघि जसपाले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले मुद्दाहरू फिर्ता लिने निर्णय गरेको जनाइएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले यो विषयमा निरन्तर छलफल गरेका थिए । एमाले र जसपाका नेता सम्मिलित कार्यदल नै बनेको थियो । उक्त कार्यदलले पनि जसपाका माग सम्बोधन गराउने विषयमा आवश्यक छलफल गरेको थियो ।












Facebook Comments