टिपरको ठक्करबाट घाइते खङ्गको मृत्यु

सप्तरी । टिपरको ठक्करबाट घाइते देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार जिल्लाकै सप्तकोशी नगरपालिका–९ निवासी खङ्गलाई ठक्कर दिएको थियो ।

नोबेल अस्पताल विराटनगरमा उपचाररत घाइते ५६ वर्षीय खङ्गको आज मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्ग साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

Facebook Comments