काठमाडौँ । बागमती प्रदेश सरकारले तीनजना मन्त्री र एकजना राज्यमन्त्री थप्ने तयारी गरेको छ ।
२०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित आज बुधबार तीनजना मन्त्री र एकजना राज्यमन्त्री थप्ने तयारी गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्यमन्त्री थप्ने तयारी गरेको जनाइएको छ । मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा. राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरिएको एमाले सांसद दिपक निरौलाले जानकारी दिए ।
यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।












Facebook Comments