सप्तरी। विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।
मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।
मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । यसैगरी झापाका पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए ।












Facebook Comments