
सप्तरी । देशमा थप चार हजार ३६४ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप चार हजार ३६४ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्यातीन लाख सात हजार ९२५ जना पुगेको छ । अहिलेसम्म २३ लाख ७८ हजार ८४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित निको भइसकेका छन् । हाल २६ हजार २२५ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।










Facebook Comments