कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ । देशमा आज थप १ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । आज देशभर ३६८ जना संक्रमण मुक्त भएका छन् । हाल ७१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments