पुरानै धरहराको पुनर्निर्माण की नयाँ संरचना

विसं २०७२ को भूकम्पमा ६४ जनाको ज्यान जाने गरी भत्किएको धरहराको स्थानमा निर्मित संरचना तयार भएको छ।

कोरोनाभाइरस महामारी र कतिपय जग्गासम्बन्धी विवादका कारण भएको ढिलाइका कारण दुई पटकसम्म म्याद थप गरी निर्माण गरिएको संरचनालाई प्रधानमन्त्रीले शनिवार उद्घाटन गर्ने बताइएको छ।

तर यो पूर्ण रूपमा तयार हुनका लागि अझै केही महिना कुर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा पहिलो धरहरा निर्माण गरेको इतिहास छ। १९९० सालको भूकम्पले धरहरा भत्किएपछि जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गरेका थिए।

तर हाल पुरानो धरहराको भग्नावशेषको छेवैमा बनेको यो संरचना पुरातात्त्विक तथा ऐतिहासिक हिसाबले निर्माण नगरिएको सम्पदा संरक्षण अभियानकर्ताको भनाइ छ।-बीबीसी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.