देशमा थप एक हजार ६६७ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप एक हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप एक हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको छ । अहिलेसम्म २३ लाख ५४ हजार १६९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल ८ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको र ९२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments