कपिलवस्तुको चम्पापुरमा सवारी दुर्घटना हुँदा , १ जनाको मृत्यू, २१ जना घाइते

सप्तरी । ट्रक र बस आपसमा ठोकिदा बस चालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन ।

आज बिहान पौने ११ बजे कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा ट्रक र बस आपसमा ठोकिदा बस चालकको मृत्यु हुनुको साथै २१ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार मृत्यू हुनेमा कपिलवस्तुको बाणगंग्गा नगरपालिका-२ बस्ने २९ वर्षीय कृष्ण कुवर रहेको छ । घाइतेहरुको चौराहा अस्पताल वुटवलमा उपचार भइरहेको जनाएको छ ।

ना ४ ख ३१२ नम्बरको ट्रक र लु १ ख ५६८४ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

Facebook Comments