आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सबा तीन घण्टा नबित्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे। मुख्यमन्त्री पोखरेल आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र हस्ताक्षर नगर्ने एक सांसदलाइ मन्त्रीपद उपहार दिएर सरकार जोगाउन सफल भएका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार दिउँसो १ः१५ मा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। जसमा जसपाका ६ मध्ये ५ सांसदले हस्ताक्षर गरेका थिए। एकजना सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन रायमाझीसहित पाण्डेलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाए।

मुख्यमन्त्री पोखरेलले पाण्डेलाइ भौतिक पूर्वाधार विकास मन्त्री, यादवलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री, पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीलाइ भौतिक पूर्वाधार विकास राज्य मन्त्री नियुक्त गरेका हुन्। दिउँसो साढे ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराए। राज्यमन्त्रीलाइ मुख्यमन्त्री पोखरेलले सपथ गराए। नागरिक दैनिकबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.