स्टिक्स एण्ड स्टोन्स तालिम सम्पन्न

तारा वहादुर सुनार
बर्दिया प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवको आयोजनामा बालबालिकाहरुको आफ्नै संरक्षणमा उनीहरुको संलग्नतामा प्रवद्धन गर्न बालक्लव सञ्जालका पदाधीकारीहरु तथा सदस्यहरुलाई २ दिने स्टिक्स एण्ड स्टोन्स तालिम दिइएको छ

बालबालिकाहरुको क्षमता अभिवृद्धि गरी बालसंरक्षण तथा बालविवाह रोकथाम गर्न उनीहरुलाई संलगन गराउन सो तालिमको आयोजना गरिएको सहजकर्ता डम्मर वहादुर परियारले वताए ।

माद्यामिक तहमा अध्यनरत धेरै किशोर किशोरी वालविवाहको सिकार हुने तथा विभिन्न किसिमका जोखिमहरु सहनुपर्ने भएकोले विद्यालयवाट नै बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न तथा जोखिमहरु पहिचान गरी उनीहरुलाई जोखिम वहन गर्न सक्षम वनाउन तथा विकल्पहरुको खोजी गर्न विभिन्न सत्रहरु सञ्चालन गरिएको थियो ।

एक अध्ययन अनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत , आफुखुशी ११ प्रतिशत र अभिभावको करकापवाट २६ प्रतिशत वालवालिकाहरुले बालविवाह गर्ने गरेको पाइएको छ । मुलुकी अपराध(संहिता) ऐन २०७४ विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन । यदि यस्तो प्रकारको विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ र उपदफा(१)बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबानाहुने भनी तोकिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.