सप्तरी । देशमा थप १०१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १०१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८४ हजार ७४२ जना पुगेको छ । आज देशभर २२६ जना संक्रमण मुक्त भएका छन् ।
हाल छ हजार २९० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको र ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।




Facebook Comments