चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले लहानको सप्तऋषि अस्पतालमा नाराबाजी

सिरहा । लहानको सप्तऋषि अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरिरहेका छन् ।

सिरहा जिल्लको लहानस्थित सप्तऋषि अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरिरहेका हुन् ।

ड्याबिटिजका बिरामी रहेका सिरहा सखुवानान्कारकट्टी २ का ३५ वर्षीय रामवती यादवलाई २६ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो । भर्नालगत्तै उनलाई आइसीयूमा राखिएको थियो। बिरामीको स्वास्थ्यमा सुधार नआएपछि आफन्तले पटकपटक अन्य अस्पतालमा रिफर गरिदिन आग्रह गर्दा पनि डाक्टरले सुनुवाई नगरेको मृतकका छोरा कृष्ण यादवले बताए ।

आइतबार बिहान आइसीयूबाट बाहिर ल्याएर रिफर गर्न लाग्दा उनको मृत्यु भएको थियो । आइसीयूका बिरामीलाई बाहिर ल्याउँदा अक्सिजन समेत लगाएको थिएन । अस्पतालले रिफर गरेको केही मिनेटमै अस्पताल हाताभित्रै बिरामीको मृत्यु भएको थियो । अस्पतालका चिकित्सक सन्देश रौनियारले बिरामीका आफन्तले भनेअनुसार आफूहरुले अन्यत्र रिफर गरिदिएको दाबी गरे।

घटनाको छानबीन, दोषीमाथि कारवाही, मृतकलाई क्षतिपूर्ति एवम् अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै आफन्त आन्दोलित भएका छन् । उनीहरुले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नउठाउने समेत जनाएका छन् ।

Facebook Comments