सन्तको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडाैँ । नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेकाे छ।

अभियानले शनिबार दिउँसाे काठमाडाैँकाे माइतीघर मण्डलामा सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।

कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही, पश्चिम डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको थियो ।

अभियानका संयाेजक विनय यादवले भने , ‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातन समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको अभियानले कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष अभियानले माग गर्दछ ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.