मेयर बालेनद्वारा चीनको भण्डाफोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चक्रपथ विस्तारमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन्। उनले बोर्ड हराएको सूचना भन्दै सामाजिक सञ्जालबाट सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छन्। स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दु:ख हेरिएको थिएन।’‘आयोजना: चक्रपथ सुधार आयोजना दोसो फेज (कलंकी महाराजगज्ज) शुरु: २०११ डिसेम्बर १८ सक्नु पनें मिति २०१५ अपिल निर्माण जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेपाल सरकार) र साइधाई कन्स्ट्रक्सन कम्पनी (चीन) नोट: नोट यो काठमाण्डी महानगरपालिकाको मातहतमा पर्दैन|’

महानगरले पनि पटक पटक ध्यानाकर्षण गराएको उनले उल्लेख गरेका छन्। ‘काठमाडौं महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ।’

खबरदारीस्वरुप लागेको बोड पनि आयोजकले फालेको आरोप मेयर बालेनको छ। उनले भने, ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दु:ख नदेख्ने निर्माणकर्ताले १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्। समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनीतिक नोट लेखेछ्न्।’ वर्षौदेखि यही नजिर रहेको भन्दै उनले काम गर्ने जाँगर चलाउन सुझाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.