जनताको प्रश्‍नले एमाले नेताहरुलाई घरदैलो गर्न सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी प्रचारप्रसारमा राजनीतिक दलहरु जुटिरहेका छन्। दलहरु चुनावी प्रचारप्रसार अन्तर्गत अहिले घरदैलो कार्यक्रम गरिरहेका छन्।

निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि मात्रै सार्वजनिक कार्यक्रम, आमसभा र भेलाहरु गर्न भनेपछि दलहरु अहिले घरघरमा पुगेर मतदाताहरुसँग भेट गरिरहेका छन्। अन्य राजनीतिक दलहरुले जनतालाई यसअघि नेकपा एमालेले आफूले पाएको म्यान्डेट पनि पूरा गर्न नसकेकोले आफूलाई मत दिन आग्रह गरिरहेका छन्।

तर, नेकपा एमालेका नेताहरु घरदैलोमा जाँदा भने जनताले उल्टै प्रश्‍न गरेका छन्, ‘यसअघि पाँच वर्षका लागि सरकार चलाउन म्यान्डेट दिँदा पनि तीन वर्ष पनि चलाउन नसक्‍नेलाई किन भोट दिने, संविधान र संसद् नै मास्‍नेलाई किन भोट दिने, विदेशीको इशारामा नेपालमा काम गर्ने र राष्ट्रवादको खोक्रो नारा लगाउनेलाई किन भोट दिने, राष्ट्रपतिसँग मिलेर असंवैधानिक कदमहरु चाल्‍नेलाई किन भोट दिने?’

जनताका यस्ता प्रश्‍नहरुले नेकपा एमालेका नेताहरु नाजवाफ छन्। नागरिकका यस्ता प्रश्‍नहरुको जवाफ नै दिन नसकेपछि नेकपा एमालेका कयौं नेताहरुले त आफू घरदैलोमा जान सकेका छैनन्। उनीहरुले मत माग्‍नका लागि आफू व्यस्त भएको बताउँदै कार्यकर्ताहरु पठाउने गरेका छन्।

चुनावी हारको मानसिकता बोकेको एमाले अहिले अस्थिर र अस्तव्यस्त बनेको छ। जसका कारण आगामी निर्वाचनमा संविधान मास्‍ने र जनविरोधी काम गर्ने नेकपा एमालेलाई नागरिकले पाखा लगाउने भएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.