चीनसँगको लप्ची नाका नखुल्दा स्थानीय बसाइँ सर्न बाध्य

दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको गाउँ लप्चीमा रहेको नाका नखुल्दा यहाँका बासिन्दा बसाइँ सर्न बाध्य भएका छन् ।

कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएको सीमा नाका ४ वर्षदेखि नखुलाइँदा लप्चीवासीहरू बसाइँसराइ गर्न बाध्य भएका हुन् ।

खाद्यान्न लगायत दैनिक रुपमा सामान ढुवानी गर्न कठिनाइ भएपछि यहाँका बासिन्दाहरू बसाइँ सर्न थालेका हुन् ।

गौरीशंकर गाउँपालिका–१ लप्चीका स्थानीय तेम्बा शेर्पाले भने,’ कोभिड महामारीको कारण देखाउँदै चिनियाँ पक्षले सीमा बन्द गरेको ४ वर्ष बित्नै लाग्यो।’

रसुवा लगायतका अन्य नाका खुलाउँदा लप्ची नाका बन्द नै गरिरहँदा स्थानीयहरूको नियमित आर्थिक गतिविधि पनि प्रभावित बनेको स्थानीयहरूको गुनासो छ ।

नाका नखुल्दा लप्चीवासीको मुख्य आर्थिक स्रोत घ्यु र याकका बाच्छा तिब्बती बजार न्यालममा लगेर बेच्न नपाएको पनि ४ वर्ष भइसकेको स्थानीयहरू बताउँछन् । जसकारण लाप्चावासीलाई नियमित आम्दानी गर्न पनि कठिन भएको गौरीशंकर गाउँपालिका–१ लप्चीका स्थानीय तेम्बा शेर्पाले बताए ।

नाका खुल्दा लप्चीवासीको नजिकका बजार तिब्बततर्फको न्यालम, कुती र फलाक हुन् । तेम्बा शेर्पा भने न्यालम नटेकेको चार वर्ष भइसकेको बताउँछन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.