चिनियाँ अपराधको जालोमा भारतीय सीमा बजार

काठमाडाैं । कुनै समय काठमाडौंमा केन्द्रीत चिनियाँ अपराधको जालो एकपछि अर्कोगर्दै नेपाल भारत सीमा बजारमा सक्रिय हुन थालेको छ ।

नेपालमा पर्यटक भेषमा आएका चिनियाँहरुले नेपालीहरुको सहयोगमा साइबर अपराधको अखडा नेपाल भारत सीमामा केन्द्रीत गर्न थालेका छन् ।

केही समयअघि रुपन्देहीको बुटवल र भैरहवामा सक्रिय रहेका चिनियाँ नागरिकहरु यतिबेला पर्सामा सक्रिय रहेका छन् ।

वीरगन्जमा अवैध तरिकाले कल बाइपास गरेर नेटवर्किङ धन्दा चलाउने चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

शनिबार प्रहरीले वीरगन्ज महानगरपालिका– १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्दै आएका थिए।

गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगन्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको बताइएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनजनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.