कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौं – नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो ।

कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.