सुरक्षा/अपराध

स्वास्थ्यकर्मीकाे पक्षमा विज्ञप्ति निकाल्दै गृहमन्त्रालयले दियाे कडा चेतावनी

स्वास्थ्यकर्मीकाे पक्षमा विज्ञप्ति निकाल्दै गृहमन्त्रालयले दियाे कडा चेतावनी

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ । स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी महामारीकाविरुद्ध लड्न…
Read More
प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानकाे हत्या!

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानकाे हत्या!

विराटनगर । विराटनगरका औषधि व्यवसायीको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरिसकिएको जानकारी दिए । उनकाल अनुसार श्रीमतीकै योजनामा घटना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको…
Read More
बारामा नक्कली नोट आतंक !

बारामा नक्कली नोट आतंक !

काठमाडौ । बारामा फेरि बेवारिसे नोट फेला परेको छ । तर यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ । बच्चाहरुले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका-९ स्थित भलदुसवा टोलमा भेटिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । सोमबार बिहान सडकमा बेवारिसे अवस्थामा सडकमा पैसा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गौतमका अनुसार एक हजार लेखिएका १२/१३ वटा नक्कली नोट प्रहरीले सुरक्षित रुपमा राखेको छ । बच्चाहरुले खेल्ने क्रममा उक्त नोट फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी सडकमा बेवारिसे पैसा फेला पर्न…
Read More
टोलमा बाटो बन्द गर्नेलाई गृह मन्त्रालयले दियाे चेतावनी

टोलमा बाटो बन्द गर्नेलाई गृह मन्त्रालयले दियाे चेतावनी

काठमाडौं । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल-टोलमा नयाँ मान्छेलाई प्रवेश निषेध गर्न थालिएको छ । टोल–टोलमा बाटो बन्द गर्ने, प्रवेश निषेध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ।’ कतिपय बस्तीमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाब दिने र आवागमनमा दुरब्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ । ‘यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा…
Read More
नेपाल प्रहरीमा महिला इन्सपेक्टर गुरुङसहित चार जना डिएसपीमा बढुवा सिफारीस

नेपाल प्रहरीमा महिला इन्सपेक्टर गुरुङसहित चार जना डिएसपीमा बढुवा सिफारीस

काठमाडौं । नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षकहरु डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा प्रहरी निरिक्षकहरु शर्मिला गुरुङ, चन्चला श्रेष्ठ, रुपा अ र पुर्णिमाकुमारी चन्द रहेकी छन् । चन्द ११ नम्बरमा, गुरुङ १६ नम्बरमा,श्रेष्ठ २१ नम्बरमा र गुरुङ २३ नम्बरमा बढुवा भएकी हुन् । यससंगै नेपाल प्रहरीमा रिक्त ५९ दरबन्दीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा अघि बढेको हो । इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन्…
Read More
६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । हेर्नुहोस् सूची
Read More
विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर। विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो। सोमबार बिहानदेखि दुवै वडामा मानिसको आवत–जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो। उता जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठका अनुसार आइतबार राति…
Read More
सांसद यादव अपहरण प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं । प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे ।  प्रहरीका अनुसार अपहरण गरिएको भनिएको सो घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरिएको छ ।  प्रहरीले घटनावारे जाहेरी लिन नमानेपछि यादवले सरकारी वकिलकाे कार्यालयमार्फत जाहेरी दर्ता गराएका थिए ।  अपहरण अभियोग लागेका ३ जनाले गत १० वैशाखमा यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर एक होटलमा राखेको यादवको दाबी छ ।  अपहरण अभियोगमा अनुसन्धान सकेको बताएको प्रहरीले अपहरण हो होइन भन्ने विषयमा खुलाएको छैन । अब सरकारी वकिलकाे कार्यालयले…
Read More
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ 

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ 

काठमाडौं । शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की दीपकराज रेग्मीसहितको समूहले प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी अनुगमन गर्ने नाममा उनीमाथि दुर्व्यवहार गरेका थिए ।  अनुगमनका क्रममा उनीहरूले गाडीमा सवार कार्कीलाई झोला खोल्न लगाएका थिए । अनुगमन गर्ने युवा कसैसँग पनि आधिकारिक परिचयपत्र नभएकाले उनीहरूलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  उनीहरूमध्ये उत्तम कार्की पक्राउ परेको र अन्यको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
Read More
औषधि व्यवसायीको हत्या आशंका, श्रीमतीसहित तीनजना नियन्त्रणमा

औषधि व्यवसायीको हत्या आशंका, श्रीमतीसहित तीनजना नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका-१० मधुमारामा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो । प्रहरीका अनुसार श्रीमती मीना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.