काठमाडौं । शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की दीपकराज रेग्मीसहितको समूहले प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी अनुगमन गर्ने नाममा उनीमाथि दुर्व्यवहार गरेका थिए ।
अनुगमनका क्रममा उनीहरूले गाडीमा सवार कार्कीलाई झोला खोल्न लगाएका थिए । अनुगमन गर्ने युवा कसैसँग पनि आधिकारिक परिचयपत्र नभएकाले उनीहरूलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये उत्तम कार्की पक्राउ परेको र अन्यको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
Facebook Comments