सुरक्षा/अपराध

पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

कास्की ।  पूर्व युवराज पारस शाह चढेको गाडी कास्कीको पोखरा बसपार्क नजिकै दुर्घटना भएको छ । लेकसाइडको पामेमा फ्ल्याट लिएर बसेका पारसलाई  राती एक्कासी छाती दुखेपछि गण्डकी अस्पताल जाने क्रममा  उनी सवार बा १४प २१३१ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई चोटपटक लागेको छैन । गाडीले गाइको बाच्छालाई ठक्कर दिंदा बाच्छाको घटनास्थलमै मृत्‍यु भएको छ।प्रहरीले गाडी चालक अशोक गुरुङलाई नियन्त्रणमा लिएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाइने  जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दान वहादुर कार्कीले जानकारी दिए। चालक गुरुङले विपरित दिशाबाट आएको ट्रकले हेडलाईट डिम नगरेका कारण दुर्घटना भएको बयान प्रहरीलाई…
Read More
भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?

भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भ्रष्टाचार निर्मुल गर्न नयाँ कानुन बनाउने सहमति जुटेको छ ।अब १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय हुने भएको छ । जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्था उल्ट्याएर १४ पुर्याउन लागिएको हो । विधेयकमा यस्तो सजाय राष्ट्र सेवक कर्मचारी वा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने उल्लेख को छ । ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा वा कुनै…
Read More
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरकाे बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै सिरहाकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको…
Read More
पाँच जिल्लामा सीडीओको सरुवा

पाँच जिल्लामा सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको छ । रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ । कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा र मोहन जोशीलाई बैतडीको प्रजिअका रुपमा खटाइएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
Read More
उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो। गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ। यस्तै उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने गृहको निर्णय छ। ‘सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्ने। लुकीछिपी हुने प्रवेशहरू पूर्ण रूपमा रोक लगाउने,’ गृहले स्थानीय तहलाई पठाएको परिपत्रको दोस्रो बुँदामा भनिएको छ। यस्तै उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनु पर्नेछ। ‘उपत्यकामा अत्यावश्यक काममा…
Read More
किशोरीमाथि सामूहिक बलात्कार, पेटमा २ महिनाको बच्चा!

किशोरीमाथि सामूहिक बलात्कार, पेटमा २ महिनाको बच्चा!

मोरङ। बुढीगंगा गाउँपालिकामा १ किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरू पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका-७ बडहराका १५ वर्षीया किशोरीमाथि २ महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य २ जनाको समूहले बलात्कार गरेको आरोप छ । सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ । ‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले…
Read More
गृह मन्त्रालयले जारी गर्‍यो फेरि यस्ताे निर्णय

गृह मन्त्रालयले जारी गर्‍यो फेरि यस्ताे निर्णय

काठमाडौं । सार्वजनिक सेवा प्रवाहका विषयमा गृह मन्त्रालयले विभिन्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनको समयमा सार्वजनिक सेवा प्रवाहका विषयमा मन्त्रालयले विभिन्न निर्णय गरेको हाे । मन्त्रालयका अनुसार बैंंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यालयले एक तिहाई कर्मचारीद्वारा सेवा प्रवाह गर्नुपर्ने जनाइएको छ। त्यसैगरी अति आवश्यकीय सेवा प्रदान गर्ने सकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरुलाई आलोपालो मिलाई तोकिएको स्वास्थ्य सुरक्षासम्बनधी मापदण्डको अनुशरण गरी कार्यलय सञ्चालन गर्नुपर्ने जनाएको छ । सरकारबाट भएका निर्णयको पालना गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसअघि गृहले स्वावस्थ्य…
Read More
कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल ‘, आदेश नमान्नेलाई कारवाही

कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल ‘, आदेश नमान्नेलाई कारवाही

कपिलवस्तु । कपिलबस्तु जिल्लालाई जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण जिल्ला सिल गर्ने निर्णय गरिएको हाे । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजे सम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि प्रत्ये सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजे सम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए । जिल्ला सिल भएको अवस्थालाई उल्लघंन गर्नेमाथि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६…
Read More
प्रहरीले लाठी हन्दा ६७ वर्षीय वृद्धकाे खुट्टा भाँच्चियो

प्रहरीले लाठी हन्दा ६७ वर्षीय वृद्धकाे खुट्टा भाँच्चियो

वीरगन्ज । वीरगन्जमा प्रहरीले लाठी हन्दा ६७ वर्षीय वृद्धकाे खुट्टा भाँच्चिएकाे खबर बाहिर अाएकाे छ। वीरगन्ज महानगरपालिका– १६ निवासी नागेन्द्र पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको दुध पसलमा दुध लिन जाने क्रममा प्रहरीले लाठी हन्दा उनकाे खुट्टा भाचिएकाे हाे। नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए । चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो । उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले…
Read More
अब नगरपालिका भित्र छिर्न पनि अनुमति लिनुपर्ने

अब नगरपालिका भित्र छिर्न पनि अनुमति लिनुपर्ने

काठमाडाैँ । तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए । नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ । नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.