भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भ्रष्टाचार निर्मुल गर्न नयाँ कानुन बनाउने सहमति जुटेको छ ।अब १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय हुने भएको छ ।

जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्था उल्ट्याएर १४ पुर्याउन लागिएको हो । विधेयकमा यस्तो सजाय राष्ट्र सेवक कर्मचारी वा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने उल्लेख को छ ।

‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा वा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिएबापत वा नगर्न वा नगराइदिएबापत आफ्नो वा अरु कसैको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत लिएमा वा लिन मन्जुर गरेमा कैद, जरिवाना र बिगो जरिवाना हुनेछ’ भन्ने विधेयकमा लेखिएको छ ।

<strong>कति भ्रष्टाचार गरे कति सजाय ? </strong>
१. १ करोडदेखि १० करोड रुपैयाँसम्म : ८ देखि १० वर्ष
२. ५० लाखदेखि १ करोड रुपैयाँसम्म : ६ देखि ८ वर्ष
३. २५ लाखदेखि ५० लाख रुपैयाँसम्म : ४ देखि ६ वर्ष
४. ५ लाखदेखि २५ लाख रुपैयाँसम्म : २ देखि ४ वर्ष
५ . १ लाखदेखि ५ लाख रुपैयाँसम्म : १ देखि २ वर्ष
६. ५० हजारदेखि १ लाख रुपैयाँसम्म : ६ महिनादेखि १ वर्ष
७. ५० हजार रुपैयाँसम्म १ महिनादेखि : ६ महिना

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.