अमेरिकाले अलकायदासम्बद्ध एक आतंकबादीलाई भारतकाे जिम्मा लगायो

एजेन्सी । अमेरिकाले अल कायदाको एक ठूलो आतंकवादी इब्राहिम जुबैरलाई भारतको जिम्मा लगाएको छ। स्रोतका अनुसार जुबैरलाई विशेष उडानबाट अमृतसर ल्याइएको थियो। उनलाई अहिले  क्वारेन्टाइनमा रखिएको छ ।

हैदराबादका निवासी जुबैर अल कायदासँग सम्बद्ध थिए। उनका एक भाइ पनि आतंककारी पनि हुन्। उसको नाम मुहम्मद अली फारुकी हो, दुबैलाई २० मा अमेरिकी गुप्तचरहरूले पक्राउ गरेका थिए। उनीहरू विरुद्ध आतंकबादलाई आर्थिक सहायता पुर्याएको लगायत विभिन्न आरोप अन्तर्गत मुद्दा दायर गरिएको थियो।

दोषी साबित भएपछि अदालतले फारुखीलाई २७ वर्षको सजाय सुनाइएको थियाे भने जुवैरलाई ५ बर्षको सजाय सुनाईएयो थियो । सजाय समाप्त भएपछि इब्राहिमलाई भारतको जिम्मा लगाइएको हो |

आतंकवादी जुबैर एक ईन्जिनियर हो। उनले हैदराबादको उस्मानिया विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ्गको डिग्री हासिल गरे। त्यस पछि उनी अमेरिकामा गए । त्यहाँ उनले अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट संरचनात्मक ईन्जिनियरिमा स्नातकोत्तर डिग्री हासिल गरे, अमेरिकी केटीसंग विवाह गरी अमेरिकाको नागरिकता प्राप्त गर्न सफल भए | भाई पहिले देखि नै त्यहि बस्दैआएको थियो । दुबै भाईहरू अल कायदाका अन्वर अल-अवलाकीबाट धेरै प्रभावित थिए। दुबैले उनको भिडियो हेरी हेरी आतंकको बाटो रोजेका थिए। २०११ मा यमनमा अमेरिकी ड्रोन हमलामा अवलाकी मारिएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.